नेपाल डुब्यो भनेर प्रचार गर्ने ‘फेसन’ बढ्यो

प्रधानमन्त्री प्रचण्डको गुनासो : स्थानीय जनप्रतिनिधिले परिवर्तनको दीर्घकालीन औचित्यका बारे बोलेनन्

प्रधानमन्त्री प्रचण्डको गुनासो : स्थानीय जनप्रतिनिधिले परिवर्तनको दीर्घकालीन औचित्यका बारे बोलेनन्

उनले भने, ‘पढे लेखेका मानिस बाहिर जाने, जमिन बाझो राख्दै हिँड्ने, भएको जागिर छाडेर जाने, विदेशमा गएर तल्लोस्तरको श्रम गर्न अफ्ठ्यारो नमान्ने, मान्छेको सोच बदलेपछि जागिर र सुविधा दिएपनि बस्दो रहेनछ।अर्कै फेसन चलेपछि।’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहका जनप्रतिनिधिले परिवर्तनको दीर्घकालीन औचित्यका बारेमा नबोलेको आरोप लगाएका छन्।

सोमबार बिहान ललितपुर महानगरको स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय जनप्रतिनिधिले ऐतिहासिक महत्वलाई आत्मसाथ गर्न र परिवर्तनको दीर्घकालीन औचित्यका बारेमा किन बोल्नुहुन्न भन्दै प्रश्न गरेका हुन्। 

उनले परिवर्तनको ऐतिहासिक महत्त्वलाई जनतालाई निरन्तर सम्प्रेषण गर्नु आवश्यकता रहेको बताए। संघीयता भनेको संघ मात्र नभई प्रदेश र स्थानीय तह पनि भएको उनको भनाई छ। उनले स्थानीय सरकार बनेपछि र संघीय लोकतान्त्रिक गणतन्त्र बनेपछि विकास निर्माणका कामले तीव्रता र सन्तोषजनक भएको बताए। 

null

प्रधानमन्त्री प्रचण्डले नेपाल डुब्यो, नेपालमा बसेर काम छैन भनेर प्रचार गर्ने ‘फेसन’ बनेको टिप्पणी गरे। उनले भने,‘पढे लेखेका मानिस बाहिर जाने, भएको जमिन बाझो राख्दै हिँड्ने, भएको जागिर छाडेर जाने, विदेशमा गएर तल्लोस्तरको श्रम गर्न अफ्ठ्यारो नमान्ने, मान्छेले सोच बदलेपछि जागिर र सुविधा दिएपनि नेपाल बस्दो रहेनछ, अर्कै फेसन चलेपछि।’ 

उनले देश भक्ति र राष्ट्रप्रेम जगाउनु आवश्यकता रहेको उल्लेख गरे। उनले स्थानीय र प्रदेशलाई मजबुद बनाउन संघीय शिक्षा ऐन तत्काल ल्याउने प्रतिबद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.