सवाल-जवाफ

मेयर बालेन भाषण नसुनि हिँडेपछि प्रचण्डको गुनासो : जवाफ नसुनी हिँड्नेसँग मलाई ‘इरिटेसन’ हुन्छ

मेयर बालेन भाषण नसुनि हिँडेपछि प्रचण्डको गुनासो : जवाफ नसुनी हिँड्नेसँग मलाई ‘इरिटेसन’ हुन्छ

प्रचण्डले भने ,‘अहिले बालेन्द्र जी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलि-अलि ‘इरिटेसन’हुन्छ। आफूले भन्ने कुरा जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारबीच सवाल जवाफ भएको छ। ललितपुर महानगरपालिकाको १०५ औँ स्थापना दिवसका अवसरमा अधिकारको विषयलाई लिएर सवाल जवाफ भएको हो। 

कार्यक्रममा पहिले बोलेका मेयर शाहले प्रधानमन्त्री प्रचण्डमाथि प्रश्न गरेपछि उनले जवाफ फर्काएका छन्। प्रचण्डले आफूलाई पहिला बोलेर हिँड्नेसँग अलि ‘इरिटेसन’हुने बताए। प्रधानमन्त्री प्रचण्डले भने,‘अहिले बालेन्द्र जी गइहाल्नुभयो। मलाई फेरि पहिला बोलेर हिँड्नेसँग पनि अलि-अलि ‘इरिटेसन’हुन्छ। आफूले भन्ने कुरा जे भन्नु छ भनिहाल्ने अनि त्यसको जवाफ सुन्नका लागि बस्दै नबस्ने गर्नुहुँदैन। बस्नुपर्छ प्रमुख अतिथिले बोल्ने बेलासम्म।’

प्रचण्डले थपे,‘उहाँले भन्नुभयो यहाँबाट निस्कने बित्तिकै हुन्छ। म बालेन्द्र जीलाई के भन्न चाहन्छु भने तपाईंले चाहे त्यो बागमतीमा बसेकाको हस्तक्षेपको कुरालाई लिएर होस्, या तीनकुनेको कुरालाई होस्। चाहे फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने विषयमा कतिपटक सिंहदबारमा बैठक भयो। के अहिलेको प्रधानमन्त्री जस्तो रचनात्मक र सकारात्मक ढंगले समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’                                                               null

प्रधानमन्त्री प्रचण्डले काठमाडौं महानगरपालिकाको मेयर भएका नाताले ललितपुर र भक्तपुरका महानगरसँग समन्वय गर्नुपर्ने दायित्व होइन भन्दै बालेनलाई प्रश्न समेत गरे। ‘प्रधानमन्त्रीको सक्रियता राम्रो छ भन्न केले रोकेको छ ?’ बालेनलाई प्रश्न गर्दै प्रचण्डले भने,‘मैले गरेका सकारात्मक कामलाई सकारात्मक सोचसहित रिकग्नाइज नगर्दिनु सकारात्मक सोचलाई प्रोत्साहन नदिनु हो। मैले त्यो पीडा पनि बेलाबेलामा महसुस गर्ने गरेको छु।’

आफूले गरेका राम्रा कामको प्रचार हुन नसकेको प्रचण्डको भनाई छ। काठमाडौं उपत्यकामा देखिएको फोहोरको समस्या काठमाडौंका सबै स्थानीय तहको मूलभूत समस्याको विषय रहेको सङ्घीय सरकारलाई अवगत रहेको उनको भनाई छ।

काठमाडौं महानगरपालिकाका मेयर साहले संघ र प्रदेश सरकारले गर्नुपर्ने काम स्थानीय सरकारले गरिदिँदा किन आपत्ति मानेको भनेर प्रश्न गरेका थिए। बालेनले उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहलाई बाधा अड्काउ परेकाले प्रधानमन्त्रीसँग  बाधा अड्काउ फुकाउ गरिदिन आग्रह गरेका थिए। मेयर शाहले फोहोर व्यवस्थापन, काठमाडौंको खोला अतिक्रमण लगायतका प्रसंग उठाउँदै संघीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेका थिए।

null

कार्यक्रममा शाहले भने, ‘स्थानीय सरकार एक्लैले गर्न सक्ने काममा संघीय सरकारले बाधा उत्पन्न गरेको छ। त्यसलाई फुकाइदिन प्रधानमन्त्रीलाई आग्रह गर्दछु।’

यसैगरी बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारकै अगाडि मेयर शाहले महानगरले काठमाडौंमा यातायात व्यवस्थापन गर्न खोज्दा बागमती प्रदेश सरकारले मुद्दा लगाएको भन्दै आक्रोस व्यक्त गरे। काठमाडौँका प्रमुख शाहले प्रदेश सरकारले यातायात सञ्चालनमा मुद्दा लगाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रचण्डले भने,‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका सन्दर्भमा मैले निकै गम्भीरतापूर्वक छलफल एवं यसको वैज्ञानिक एवं दीर्घकालीन व्यवस्थापनका निम्तिसमेत पहल गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ। त्यसका निम्ति मेरै पहलमा पटकपटक बैठक गरी समस्या समाधानको पहलसमेत गरिएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.