६ वर्षीय बालकको शव फेला
गुल्मी : गत मंसिर २२ गतेदेखि हराएका एक बालकको शव फेला परेको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका-३ हर्राचौरका ६ वर्षीय बालकको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बेपत्ता भएपछि परिवार र प्रहरी प्रशासनले खोजी कार्य तीव पारेका थिए। खोजी गर्ने क्रममा घर नजिकैको गगनगैरा जंगलमा मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।
डीएसपी पाण्डेयका अनुसार बालकको केही भाग जंगली जनावरले खाएको अवस्थामा भेटिएको हो। घटनाबारे थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थलमा पुगेको छ।