गिनीको इन्धन डिपोमा आगलागी : ११ को मृत्यु, ८८ घाइते

गिनीको इन्धन डिपोमा आगलागी : ११ को मृत्यु, ८८ घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन्।

आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ। विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ। 

बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार मध्यरातमा उक्त घटना भएको हो।

उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा उद्धार सेवाका लागि ‘११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते’ भएको बताएका छन्  घटनामा गम्भीर घाइते भएका व्यक्तिको सङ्ख्या धेरै रहेकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ।

घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको  छ। 

सन् २०२१ मा भएको ‘कू’ पछि सत्ता कब्जा गरेका सत्तारुढ जुन्टाका प्रमुख कर्णेल मामाडी डौम्बोयाले ‘यस कठिन घडीमा राष्ट्रका लागि ऐक्यबद्धता र प्रार्थना’ सबै नागरिकसँग आह्वान गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.