चीनमा ५.९ म्याग्निच्युडको भूकम्प : १११ जनाको मृत्यु, २२० घाइते

चीनमा ५.९ म्याग्निच्युडको भूकम्प : १११ जनाको मृत्यु, २२० घाइते
सुन्नुहोस्

चीनको उत्तरपश्चिममा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन्।  

गान्सु प्रान्तमा मध्यरातमा गएको भूकम्पले त्यहाँ र नजिकैको छिङहाई प्रान्तमा धेरै भवनहरू ध्वस्त पारेको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)अनुसार भूकम्प १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर ५.९ म्यागनिच्युडको गएको बीबीसी समाचारमा जनाइएको छ। 

मंगलबार बिहानैदेखि भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी छ। देशको केन्द्र सरकारले उद्धार टोली पठाएको छ जसले स्थानीय उद्धार टोलीलाई सहयोग गरिरहेको छ।

सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार गान्सुमा ८६ जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन्। छिङहाईमा नौ जनाको मृत्यु भएको छ भने १२४ जना घाइते भएका छन्।

घटनास्थलबाट भिडियो फुटेज बाहिर आएको छ जसमा उद्धारकर्मीहरूले भत्किएका भवनहरूको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन्।

यस क्षेत्रमा विद्युत र खानेपानी पनि अवरुद्ध भएको छ।

चीन यस्तो क्षेत्रमा अवस्थित छ जहाँ धेरै टेक्टोनिक प्लेटहरू - विशेष गरी यूरेशियन, इन्डियन र प्यासिफिक प्लेटहरू - मिल्छन्। जसले गर्दा भूकम्पको खतरा बढ्छ।

गत सेप्टेम्बरमा दक्षिणपश्चिमी सिचुआन प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाभन्दा बढीको मृत्यु भएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.