राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
तस्बिर : उपाधी जितेपछि सामूहहिक तस्बिर खिचाउँदै खेलाडी।
सुन्नुहोस्

स्याङ्जा : पुतलीबजार नगरपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रोशनी अंग्रजी आवासीय माध्यमिक विद्यालयले हात पारको छ । पुतलीबजार नगरपालिका -१ मालेबगर खेल मैदानमा भएको प्रतियोगितामा रोशनीले १२ स्वर्ण,३ रजत र १ कांस्य पदक जिल्दै उपाधि आफ्नो हात पार्न सफल भएको हो। 

उपाधीसँगै विद्यालयले रनिङ शिल्डसहित,कप,मेडल र प्रमाण पत्र पाएको छ। यसैगरी, प्रतियोगितामा कोल्मा बराहचौर माविले ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको छ। भूतपूर्व सैनिक आवासीय माविले २ स्वर्ण, २ रजत र २ कांस्य पदक जित्दै तेस्रो बनेको छ। 

मातृभूमि माविले एक स्वर्ण, ४ रजत र एक कांस्य पदक जित्दै सान्त्वना हात पारेको छ।  प्रतियोगितामा नगरपालिका भित्रका २४ विद्यालयका ६ सय ९१ खेलाडी सहभागी थिए। 

नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले उपाधी विजेता एवं अन्य पुरस्कृत सहभागीलाई पुरस्कार वितरण गरे।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.