एनसेलको सेयर खरिद-बिक्री कानुन विपरित पाइए कारबाही हुन्छ : प्रधानमन्त्री

एनसेलको सेयर खरिद-बिक्री कानुन विपरित पाइए कारबाही हुन्छ : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्री कानुन विपरित पाइए हसैसम्मको कारबाही हुने बताएका छन्। मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले एनसेलको सेयर खरिदबिक्रीमा आफूलाई  आशंका लागेर नै छानबिन समिति गठन गरेको बताए।

उनले भने,'एनसेलको सेयर खरिदबिक्री प्रकरणमा अनुसन्धानका लागि छानबिन समिति बनाइएको छ। समितिको प्रतिवेदनपछि सरकारले आवश्यक कदम चाल्छ। कानुन विपरीत सेयर बिक्री भएको पाइए कारबाही हुन्छ।'

प्रधानमन्त्री दाहालले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन गरी खरिदबिक्री भएको समाचार आएपछि आफू गम्भीर भएको बताए।

नियामक निकाय (दूरसञ्चार प्राधिकरण) लाई थाहै नदिई एनसेलको सेयर खरिद बिक्रीप्रति ‘आशंका’ व्यक्त गर्दै सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले गठन गरेको समितिमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्। समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ।

एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट समेत परेको छ। मलेसियाको कम्पनी आजियाटाले आफूसँग भएको एनसेलको ८० प्रतिशत स्वामित्व बेचेको सार्वजनिक भएपछि विवाद सुरू भएको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.