‘नमुना मेयर’ वनदेवीले चलाइन् नगरसभा

‘नमुना मेयर’ वनदेवीले चलाइन् नगरसभा
नमुना नगरसभा सञ्चालन गर्दै नमुना मेयर वनदेवी यादव। तस्बिर : हरि शर्मा
सुन्नुहोस्

परासी : नवलपरासीको रामग्राम नगरपालिकामा नमुना मेयर वनदेवी यादवले नगरसभा चलाइन्। युवाहरूलार्ई स्थानीय तह सञ्चालनबारे सैद्धान्तिक तथा व्यावहारिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नमुना युवा नगरसभा सञ्चालन गरिएको थियो। 

जसअन्तर्गत सहभागी नमुना जनप्रतिनिधिहरूलाई स्थानीय सरकार सञ्चालनबारे प्रशिक्षण तथा अभ्यास गराइएको थियो। न्यायिक सरोकार संस्था नवलपरासीले आयोजना गरेको नगरसभा पाँच दिनसम्म सञ्चालन गरिएको थियो। 

युवा नगरसभामा स्थानीय सरकारको निर्वाचन, कार्यपालिका गठन र यसको काम कारबाहीबारे प्रशिक्षण र अभ्यास गराइएको थियो। जसअन्तर्गत मेयरदेखि वडाध्यक्ष र वडा सदस्यहरूको नमुना निर्वाचन गराइएको आयोजक संस्थाका अध्यक्ष मोहम्मद इजहार शेषले जानकारी दिए। युवाहरूलाई स्थानीय सरकार र जनताबीचको सम्बन्ध र काम कारबाहीका बारेमा जानकारी दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको अध्यक्षले शेषले बताए। 

निर्वाचनबाट वनदेवी यादव मेयरमा निर्वाचित भएकी थिइन्। यादवले प्रतिस्पर्धी सुनिता गुप्तालाई दुई मतले पराजित गरी मेयरमा निर्वाचित भएकी थिइन्। 
 त्यस्तै, उपमेयरमा तीन जना प्रतिस्पर्धी थिए। जसमा ओमप्रकाश यादवले ३४ मत ल्याएर उपमेयरमा निर्वाचित भए भने अन्य उपमेयरका प्रतिस्पर्धी गोमा अग्रहरीले १४ मत, सुरज जयसवालले ७ मत ल्याए। निर्वाचनमा ५६ मत खसेको थियो। एक मत बदर भएको थियो। 

 रामग्राम नगरपालिकाका सबै वडाबाट समावेशी प्रतिनिधित्व हुने गरी १६ देखि २४ उमेरसमूहका युवाहरू छनोट गरिएको थियो। हरेक वडाबाट ३/३ र नगरपालिकाले छनोट गरेका ६ जना गरी कुल ६० जनाको नगरसभामा सहभागिता रहेको थियो। मतदानको दिन ६० मध्ये ५६ जनाले निर्वाचनमा भाग लिएका थिए। 

नमुना नगरसभाको अन्तिम दिन सोमबार नमुना जनप्रतिनिधिहरूले रामग्राम नगरपालिकाका मेयर धनपत यादव, उपमेयर सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याललगायत नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका अगाडि नगरसभा सञ्चालन गरेर देखाएका थिए। नमुना नगरसभामा आयोजक संस्थाका अध्यक्ष शेष र कोषाध्यक्ष सन्दीपकुमार यादवले प्रशिक्षण दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.