आर्थिक क्षेत्र सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

आर्थिक क्षेत्र सुधार हुँदै गएको छ : अर्थमन्त्री महत
सुन्नुहोस्

हेटौंडा : अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको आर्थिक क्षेत्रमा सुधार हुँदै गएकाले अब ढुक्क भएर आर्थिक गतिविधि गर्न आग्रह गरेका छन्। कांग्रेस मकवानपुरको आज हेटौंडामा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महतले आर्थिक क्षेत्र विस्तारै सुध्रिँदै गएको र अर्थतन्त्र उकालो लागिरहेको भन्दै अब चिन्तामुक्त भएर आर्थिक गतिविधि गर्न आह्वान गरे।

उनले वित्तीय क्षेत्रमा अनुशासन र मौद्रित नीति लागु भइसकेको र अब आर्थिक वृद्धि हुने भन्दै देशमा उद्योग व्यवसाय फस्टाउने विश्वास व्यक्त गरे। हेटौंडामा रहेको औद्योगिक क्षेत्रलाई उद्योग वाणिज्य र निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने र हेटौंडा सिमेन्ट उद्योगलाई व्यवस्थित गर्न चाँडै निचोड निकाल्ने उनले बताए। ‘देशमा कुनै पनि काम गर्न सहज छैन भन्ने खालको मानसिकता त्यागेर यहाँ नै काम गरौँ। अब लगानी गर्न डराउनुपर्ने अवस्था छैन’, उनले भने, हामीले अर्थतन्त्र सुधारको क्षेत्रमा उल्लेख्य काम गरेका छौँ।' 

जग्गा कारोबारमा सुधार आएको र सेयर मार्केट बढेको, पर्यटन क्षेत्रमा सुधार आएको, रेमिटेन्स वृद्धि भइरहेको, उद्योगमैत्री कामहरू सरकारले अगाडि बढाएको उनले बताए। उनले वर्तमान गठबन्धन बाध्यात्मक भएको पनि बताए। ‘कार्यकर्ताहरूमा कांग्रेस एक्लै निर्वाचनमा गए हुन्थ्यो भन्ने हुन्छ। तर, कुनै पनि दलले एक्लै सरकार सञ्चालन गर्न सक्ने अवस्था छैन। त्यसकारण गठबन्धन बाध्यता हो। आगामी निर्वाचनमा एक्लै सरकारमा जानसक्ने गरी तयारी गरौँ’, उनले भने।

जिल्ला सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतका नेताहरूले सम्बोधन गरेका थिए। सम्मेलनमा मकवानपुर जिल्लाको दुई संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश, १० वटा पालिका, १०२ वटा वडाबाट गरी करिब २ हजार प्रतिनिधि उपस्थित छन्।

यो सम्मेलनले मकवानपुरमा पार्टीको संगठन विस्तारका लागि आगामी कार्ययोजना, रणनीति र एजेन्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने कांग्रेस मकवानपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.