सेयर बजारमा उछाल,४५.९८ अंकले बढ्यो नेप्से

सेयर बजारमा उछाल,४५.९८ अंकले बढ्यो नेप्से
सुन्नुहोस्

काठमाडौं : सेयर बजार बढ्नेक्रम जारी छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४५.९८ अंकले वृद्धि भएर २१०६.४८ विन्दुमा पुगेको  छ। यो वृद्धिदर २.२३ प्रतिशत  हो।

यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से २८ अंक र दोस्रो दिन सोमबार ३८.१४ अंकले बढेको थियो।

सेन्सेटिभ इण्डेक्स  ७.०५ अंकले बढेर ३९७.६९ विन्दुमा कायम भएको छ।

यसदिन ३१३ स्क्रिप्टको १ करोड ६४ लाख  ५७ हजार १३८ कित्ता सेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम भने सोमबारको तुलनामा कम हो। सोमबार ६ अर्ब ८६ करोड  ८१ लाख ७७ हजार ५६५ रुपैयाँको सेयर कारोबार भएको थियो।  

आज करिब एक दर्जन कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

 बोटलर्स नेपाल,मेरो माइक्रोफाइनान्स वित्तीय संस्था,उन्नति सहकारी लघुवित्त,शिवम् सिमेन्ट,नेपाल रिपब्लिक मिडिया,घोराही सिमेन्ट,हाथवे इन्भेस्टमेन्ट,मिड सोल हाइड्रोपावर,सोनापुर मिनरल्सलगायत ११ कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यसदिन सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथको लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ७.२७ प्रतिशतले घट्दा माथिल्लो मैलुङ खोला जलविद्युतको ४.९०,प्रभु बैंक डिवेन्चर २०८७को ३.८३,सानिमा डिवेन्चर २०८७को ३.७८ र पिपुल्स पावरको ३.१९ प्रतिशतले सेयर मूल्य घट्यो।

३७ करोड बढी मूल्यको कारोबार गरी शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। यसैगरी सोल्टी होटलको २८ करोड,सोनापुर मिनरल्सको १६ करोड,हाथवेको १४ करोड र ग्रोथ सिमेन्टको १३ करोड बढीको सेयर कारोबार भयो।

१३ वटै उपसमूहका सूचकमा हरियाली छाएको छ।  होटल्स एन्ड टुरिजम उपसमूहको सूचक भने सर्वाधिक ६.९४ प्रतिशतले बढ्यो।  आज १८३ स्क्रिप्टको मूल्य बढ्दा ५३ वटाको घट्यो भने ७ को मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.