स्रोत नखुलेको १६ लाख १० हजारसहित विराटनगरबाट एक जना पक्राउ

स्रोत नखुलेको १६ लाख १० हजारसहित विराटनगरबाट एक जना पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरबाट स्रोत नखुलेको १६ लाख १० हजार रुपैयाँ नगदसहित एक जनालाई सशस्त्र प्रहरीले मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साह रहेका छन्।

साहलाई विराटनगर-७ स्थित प्रशासन रोडबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले जानकारी दिए। उनका अनुसार को १९ प ४४३४ नम्बरको मोटरसाइकलमा सवार रहेका साहलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

मोटरसाइकल रोकेर चेकजाँच गर्दा साथबाट १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको कर्णजितले बताए। उक्त रकमको स्रोत खुलाउन नसकेपछि साहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी उनले दिए। 

पक्राउ परेकाको साथबाट एक हजार दरका ८ सय ८५, पाँच सय दरका १२ सय ६९, एक सय दरका ९ सय, ५० दरका ५, २० दरका १२ र १० दरको एउटा नोट बरामद भएको सशस्त्रले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.