आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष चौधरी रिहा

आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष चौधरी रिहा

झापा : नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी  मंगलबार रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय झापामा २० हजार रुपैयाँ धरौटी बुझाएर चौधरी ८ दिनपछि रिहा भएका हुन्। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा प्रहरीले उनलाई मंसिर २६ गते राति घरबाटै पक्राउ गरेको थियो।  

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका उनीमाथि मुख्यमन्त्रीको गाडीमा तोडफोड गरेको भन्दै ५ लाख रुपैयाँको बिगो हालिएको थियो। अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएका चौधरीमाथि अनुसन्धान गर्न प्रहरीले दुई पटक म्याद थपेको थियो। पहिलो पटक पाँच दिन र त्यसपछि तीन दिन म्याद थप गरिएको थियो। 

८ दिनको म्याद सकिएकाले अब म्याद थप नगरी रिहा गरिएको झापा प्रहरीले जनाएको छ। कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका चौधरीलाई तीन दिनअघि नै रिहा गर्ने भनिएकोमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीका कारण उनलाई ८ दिनसम्म थुनामा राखिएको बताइएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.