मङ्गोलियाको अपार्टमेन्टमा आगलागी, ७ जनाको मृत्यु
![मङ्गोलियाको अपार्टमेन्टमा आगलागी, ७ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/genericfire2-58d66c7bb82f20.66176848_QwhBeKjxDX_7c0cAU443s.jpg)
उलान बातोर : मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे आगलागी भएको हो ।
दक्षिणी जिल्ला खान-उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो ।
सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन् । उपचारका क्रममा घाइते अन्य दुईजना व्यक्तिको निधन भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)