झापाको कुखुरा फर्ममा आगलागी

झापाको कुखुरा फर्ममा आगलागी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापाको कनकाईमा कुखुरा फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँको क्षति भएको छ। कनकाई नगरपालिका-५ स्थित तुलसीवारिमा सञ्चालित छविलाल आचार्यको कुखुरा फर्ममा बुधवार राती अन्दाजी ९:२० मा आगलागी हुँदा एक हजार बोइलर कुखुराका चल्ला, २४० केजी कुखुराको दाना, ३०० केजी मकै, १० मन धान र अन्य सरसामान जलेर नष्ट भएको हो। 

अन्दाजी २ कट्ठा जग्गामा रहेको सो कुखुरा फर्म महेन्द्र पराजुलीले भाडामा लिएर सञ्चालन गर्दै आइरहेका थिए। फर्ममा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। आगलागीबाट चौपायासहित कुनै मानवीय क्षति नभएको उनले बताए। 

आगलागी बिर्तामोड नगरपालिका, कमल गाउँपालिका, शिबसताक्षी नगरपालिकाको गरी तीन वटा दमकल, प्रहरी र स्थानियबासीहरुको सहयोगमा राती १०:४० बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.