इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या २० हजार पुग्यो

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या २० हजार पुग्यो
फाइल तस्बिर।
सुन्नुहोस्

अक्टोबर ७ मा हमासको हमलापछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । त्यसयता गाजामा कम्तिमा २० हजार प्यालेस्टाइनी मारिएका बताइएको छ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ कि त्यहाँ द्वन्द्व सुरु भएदेखि (एक साता लामो युद्धविराम बाहेक) त्यहाँ दैनिक औसत ३०० जनाको मृत्यु भएको छ।
 

गाजाका डाक्टरहरूले मृत्यु हुनेको संख्या धेरै हुन सक्ने बताएका छन् । उनीहरुका अनुसार तथ्याङ्कमा बम विष्फोटबाट ध्वस्त भएका वा अस्पतालमा नपुगेका, भवनको भग्नावशेषमुनि गाडिएका शवहरू समावेश छैनन्।

विश्वभरका युद्धहरूमा मारिएका व्यक्तिहरूको संख्या जाँच गर्ने विशेषज्ञ प्रोफेसर माइकल स्प्यागाटले यसबारे कुरा गरेका छन्।

उनले २००३ इराक युद्ध, कोलम्बिया गृह द्वन्द्व, प्रजातान्त्रिक गणतन्त्र कंगोको युद्ध र इजरायल र गाजा बीचको अघिल्लो द्वन्द्वमा हताहतको तथ्याङ्कमा पनि काम गरेका छन्।

उनका अनुसार यस युद्धमा मृत्युदर ‘असाधारण उच्च’ रहेको छ । उनले भने, 'सन् २००८ देखि गाजामा भएका धेरै युद्धहरूको तुलनामा यस युद्धमा मारिनेको संख्या अभूतपूर्व हो।' बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.