चेक रिपब्लिकको एक विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ विद्यार्थीको मृत्यु

चेक रिपब्लिकको एक विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ विद्यार्थीको मृत्यु
सुन्नुहोस्

काठमाडौं : चेक रिपब्लिकको चार्ल्स विश्वविद्यालयमा गोली चल्दा कम्तिमा १५ जना विद्यार्थीको मृत्यु भएको छ। घटनामा २५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। घाइतेमध्ये ५-६ जना गम्भीर रहेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।


त्यहाँका प्रहरी प्रमुख मार्टिन भोन्ड्रसेकले उक्त आक्रमण आतंकवादी नभएको बताएका छन्। आक्रमण गर्ने २४ वर्षीय पुरुष रहेको र उनी पनि मृत फेला परेको भोन्ड्रसेकले सञ्चारमाध्यमलाई बताए। पहिचान नभएका ती व्यक्ति पनि चार्ल्स विश्वविद्यालयमै दर्शनशास्त्रका विद्यार्थी रहेको बताइएको छ।


अन्धाधुन्ध गोली प्रहार हुन थालेपछि विश्वविद्यालयका विद्यार्थीहरूले कक्षाकोठा बन्द गरेका थिए। केही विद्यार्थीहरू भने विश्वविद्यालयका बाल्कोनीमा लुकेर बसेका थिए। ती तस्बिहरू अहिले सामाजिक सञ्जालमा भाइरलसमेत बनेका छन्। क्रिसमसको विदा हुनुअघि त्यहाँ नियमित कक्षा सञ्चालन हुँदै आएको थियो। बिहीबार पनि नियमित कक्षा सञ्चालन भइरहेकै बेला गोली चलेको स्थानीयहरूलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ।

चेक रिपब्लिकका राष्ट्रपति पेटर पावेलले घटना सुनेर स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले मृत्यु भएका परिवाजनमा समवेदना प्रकट गरेका छन्।

त्यस्तै प्रधानमन्त्री पेटर फियालाले आफ्नो नियमित भेटघाट बन्द गरेका छन्। उनले प्रहरीसँग आफू नियमित सम्पर्कमा रहेको बताउँदै आपतकालीन अवस्थाको पालना गर्न त्यहाँका नागरिकहरूलाई आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.