राष्ट्रिय एकता, अनुशासन र शुभकर्म
नेपाल सयौं जातजाति, भाषाभाषी तथा अनेक परम्परा र संस्कृतिहरूले भरिएको संसारकै अनुपम र सुन्दर देश हो। प्रकृतिले सुन्दर नगरीका रूपमा सिंगारिएको यो देश, नेपाल हिमाल–पहाड–तराई, पाखा–पखेरा, छाँगा–छहरा, वनजंगल, डाँफे–मुनाल र लेखबेंसीले शोभायमान छ। बहुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौ धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजातिहरू शदियौंदेखि हातमा हात गाँसी मिलेर बसेका छन्। नेपालीहरूको यो जातीय सद्भाव विश्वमै उदाहरणीय छ। यही जातीय सद्भाव र भाइचाराका कारण नै नेपालको राष्ट्रिय एकता र अखण्डता अक्षुष्ण र मजबुत रहेको छ। नेपालको राष्ट्रिय एकतालाई मजबुत बनाउने यस कार्यमा आदिवासी तथा राष्ट्रवादी नेपालीहरूको ठूलो योगदान रहेको सर्वविदितै छ। तन, मनले नेपाली भएकाहरूका लागि यो गर्वको कुरा हो।
तर, केही वर्षयता केही मुठ्ठीभरका मानिसहरूले गर्दा अहिले नेपालको स्थिति एकदम जटिल र संवेदनशील अवस्थाबाट गुर्जिरहको छ। यस्तो अवस्थामा हामी सबै नेपालीहरूले मनन् गर्नुपर्ने कुरा के भने हामी क्षेत्री, ब्राह्मण, नेवार, मगर–गुरुङ, राई–लिम्बू, थारू–मधेसी तथा दलित आदि भएर नेपाली भएका होइनौं। नेपाली नागरिक भएर नेपाली भएका हौं। लोकतन्त्रमा जात, धर्म, देश र कानुनभन्दा माथि हु“दैन। लोकतन्त्रमा आस्था राख्ने कुनै पनि नागरिकले यस्तो व्यवस्था स्वीकार्दैन, भागबन्डाका लागि स्वीकार्नु पनि हु“दैन। त्यसैले यदि कुनै नागरिकले आफ्नो र आफ्नो जातजातिको स्वार्थका लागि पहिला म फलाना वा ढिस्काना जातजाति अनि मात्र नेपाली भन्छ भने त्यसको राष्ट्रियतामाथि नै शंका गर्नुपर्छ।
नेपालमा लोकतन्त्र आएपछि यस्ता केही तत्त्वहरूले विदेशी पैसाको आडमा, विभिन्न बहानामा नेपालको राष्ट्रिय एकता र अखण्डतालाई नामेट पार्न खोजेको देखिन्छ। यसप्रति सबै जातजातिहरू सचेत हुन जरुरी छ। चनाखो हुन आवश्यक छ। त्यसैले यो देशको राष्ट्रिय एकता र अखण्डतालाई अक्षुष्ण राख्न हामी नेपालीहरू एकताबद्ध हुनु आवश्यक छ। तर यस्तो एकता नेपालमा जातीय सद्भाव कायम राख्ने दिशामा अग्रसर हुनुपर्छ।
नेपालको राष्ट्रिय एकता र अखण्डतालाई झन् कसिलो र बलियो बनाउनु हामी सबै नेपालीको कर्तव्य हो। यस शुभकार्यमा हामी नेपालीले जातीय सद्भावका साथ आफ्नो विशेष योगदान दिनु आवश्यक छ। यसका लागि हरेक नागरिकमा अनुशासन, इमानदारिता र कर्तव्यबोधको आवश्यकता हुन्छ।
अनुशासन र इमानदारिता त हरेक मानिसको गहना हो। अनुशासन र इमानदारिताले नै मानिसलाई एक असल नागरिक बनाउ“छ। असल नागरिकले नै समाजको होस् वा देशको होस्, प्रगतिमा टेवा पुराउ“छ। तर, अनुशासनहीन तथा निकम्मा समाज वा देश दिगो रहन सक्दैन। आफैं नष्ट हुन्छ। हामीले बुझ्नुपर्ने कुरा यही हो। त्यसैले हामी अनुशासित र इमानदार भएर शुभकर्ममा लाग्यौं भने हाम्रो समाजको मात्र नभएर देशको समृद्धि सम्भव हुनेछ। आफ्नो, परिवारको तथा राष्ट्रको समृद्धि चाहने हरेक नागरिकले यो कुरा बुझ्न तथा व्यवहारमा लागू गर्न आवश्यक छ।
संस्कृतमा एउटा भनाइ छ, सर्वमूलम् चरित्रम्। अर्थात् चरित्र नै मूल कुरा हो। चरित्रको घेरा यति पवित्र छ कि जो यस घेराभित्र रहन्छ, उसको इज्जत, मानमर्यादा, गौरव तथा आत्मसम्मान सदासर्वदा जीवित र सुरक्षित रहन पुग्छ। यस्ता व्यक्ति नै देशको एक सच्चा नागरिक हुन्छ तथा आदरणीय मानिस बन्छ। त्यसैले हामी सबै नेपालीले आफ्नो चरित्रलाई कहिल्यै नष्ट हुन दिनु हु“दैन। अनुशासन र इमानदारिताको धर्मलाई छोड्नु हुँदैन। जति बढी हामी अनुशासित र कर्तव्यनिष्ठ भई एकआपसी हितका लागि कार्य गर्छौ, त्यत्ति नै हाम्रो तथा देशले प्रगति गर्नेछ। यो देशको प्रगति भनेको नै सम्पूर्ण नेपालीको प्रगति हो।
अनुशासन तथा इमानदारिताको पहिलो पाठशाला भनेको नै घर हो। परिवार हो। त्यो किनभने आमाबाबु तथा परिवारका वरिष्ठ सदस्यहरूको व्यवहारबाट नै बालबालिकाहरूको सोच तथा आचरण बन्ने गर्छ। त्यसैले आफ्ना छोराछोरा तथा भाइबहिनीलाई उच्च शिक्षा हासिल गरी देश र जनताका हितमा शुभकर्म गर्न उत्प्रेरित गर्नुपर्छ। हामी यदि समाज वा देशलाई परिर्वतन गर्न चाहन्छौं भने सुरु आफैंबाट गर्नुपर्छ। मानिस आफैं परिर्वतन नभइकन समाज परिर्वतन हुन सक्दैन। हामी सबै नेपालीले यो तथ्यलाई बुझौं र हाम्रा सन्ततिको उज्ज्वल भविष्यका लागि आ–आफ्ना ठाउ“मा बसेर आफ्नो कर्त्व्य जुटौं।
आफ्नो स्वास्थ्यको ख्याल राखौं। सकारात्मक सोच र जीवनशैली अपनाऔं। सौम्य (सुशील) बन्नौं। धूमपान मद्यपान नगरौं, फजुल खर्च नगरौं, अनावश्यक तडकभडक नगरौं। धनसम्पत्तिको सदुपयोग गरौं। बालबालिकालाई स्नेह तथा सहयोग गरौं। उनीहरूलाई शुभकार्य गर्न प्रोत्साहित गरौं। आमाबुबालाई आदर र सहयोग गरौं। समाजमा उदाहरणीय बनौं। सधैं सत्यको बाटो हि“डौं। हिंसा नगरौं। प्रलोभनमा परी कुनै पनि गैरकानुनी काम नगरौं। जनहितजन्य सरकारी कार्यक्रममा सहयोगी बनौं। वातावरणको संरक्षण र संवद्र्धन गरौं। कसैको पनि मानहानी नगरौं।