मन्त्री फेरेर भए पनि जनताका कामलाई गति दिन्छु : प्रधानमन्त्री दाहाल

मन्त्री फेरेर भए पनि जनताका कामलाई गति दिन्छु : प्रधानमन्त्री दाहाल

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेरेर भए पनि जनताको सेवाका कामलाई गति दिने बताएका छन्। अब नयाँ प्रक्रियाबाट विकास निर्माणलाई अगाडि बढाउने र जनताका सेवाका काम गरिने उनको भनाइ छ। 

‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिका-५ मा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै दाहालले नयाँ ढंगले कामलाई गति दिने प्रतिवद्धता जनाएका हुन्। 

‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पुस १० गते १ वर्ष पूरा हुन्छ। त्यो दिन राष्ट्र र जनताका नाममा ठूलो सम्बोधन गर्दैछु,’ उनले भने, ‘अर्को वर्ष अर्थात पुस ११ गतेबाट जनताका सेवाका कामहरु नयाँ ढंगले अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्छु। पूरा नभएका कामलाई मन्त्री फेरेर भए पनि गति दिइने छ।’

आफूले प्रतिबद्धता व्यक्त गरेर सहमति जनाएका काम कतिपय मन्त्रालयले पूरा नगरेको उनले बताए। सहमति पूरा नगर्ने मन्त्रालयका मन्त्री फेरेर कामलाई अगाडि बढाउने उनको भनाइ छ। दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा तथा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा नेपालको प्रतिष्ठा बढाउने कुरामा आफूले धेरै भूमिका खेलेको दाबीसमेत गरेका छन्। 

कोशी प्रदेशको पहिचान र नामकरणको विषयमा जनताले गरेको चिन्ता आफूलाई राम्रोसँग थाहा भएको उनले बताए। ‘सबैको पहिचान र अधिकारको लडाइँ लड्नुपर्छ भनेर नेतृत्व गर्ने पार्टी एवं त्यसको नेताको हैसियतले यहाँका जनताको चिन्ता र चासोलाई सबै दलसँग एवं आन्दोलनरत पक्षसँग संवाद गरेर सकारात्मक ढंगले समाधान गर्न मेरो पहल रहन्छ,’ दाहालले भने। 

उनले लाबा खोला बृहत् खानेपानी आयोजना, चुलाचुली-मिक्लाजुङ-लेटाङ वैकल्पिक मार्ग निर्माण तथा उर्लाबारी-मधुमल्ला-दाह्रेगौंडा पक्की सडक निर्माणको अधुरो सपना पूरा गर्न आफूले पहल गर्ने पनि बताए। 

‘मोरङको पथरीशनिश्चरेमा सुकुम्बासीको निक्कै ठूलो समस्या छ। यो मैले बुझेको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘योपटक सुकुम्बासी समस्या समाधान गर्न ऐनमा भएका बाधा फुकाउने र लालपूर्जा बनाउने प्रक्रिया सुरु गरिसकेको छु। देशभरकै सुकुम्बासी समस्या समाधान हुन्छ।’

सरकारले खरिद गरेको दूधको बाँकी पैसा तिर्ने वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन्। ‘दूधको बाँकी ऋण तिर्न र सहुलियतामा ऋण उपलब्ध गराउन पहल गर्ने विश्वास दिलाउँछु,’ दाहालले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम सकिनेवित्तिकै मिक्लाजुङको ऐतिहासिक महत्वलाई ध्यान दिँदै स्मारक बनाउने प्रतिवद्धता व्यक्त गर्छु।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.