आर्थिक अभावमा उपचार गर्न नसकेर मुक्तिकला एक वर्षदेखि घरमै थला

आर्थिक अभावमा उपचार गर्न नसकेर मुक्तिकला एक वर्षदेखि घरमै थला
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ स्थित करेलीकाँडाकी ५१ वर्षीया मुक्तिकला बोहोरा बिरामीले थला परेकी छन्। एक वर्षदेखि दम र निमोनियाले थला परेकी बोहोराको आर्थिक अभावका कारण उपचार हुन सकेको छैन। 

घरको आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेपछि उनी जीवनमरणको दोसाँधमा बाँचिरहेकी छन्। ‘१० वर्षअघि नै श्रीमान्  बितेपछि घरमा सबै जिम्मेवारी मैले नै समाल्दै आएको थिए। अहिले बिरामीले थला परेको छु। आम्दानीको कुनै स्रोत नभएकाले अस्पताल जान सकेकी छैन,' बोहोराले भनिन्।’

उनी ४१ वर्ष हुँदा उनको श्रीमान् बितेका थिए। अहिले उनको नौ वर्षको छोरा र ११ वर्षकी छोरी छिन्। 'घरमा कमाउने बाटो केही छैन। बिहान बेलुकी छाक टार्न नसकिने अवस्था औषधि कहाँबाट गरूँ। घरमुलीले हामीलाई छोडिसक्नुभयो। म विधुवा भए। बच्चाबच्ची टुहुरा भए। के गर्नु मलाई पनि बिरामीले कुन दिन लैजान्छ थाहा छैन। म पनि मरे भने मेरा बच्चाबच्ची टुहुरा हुने भए’, उनले रुँदै भनिन्।

घरमा आम्दानीको स्रोत नभएकै कारण छोरीले चार कक्षामै पढाइ छाडेको उनको भनाइ छ। 'अरूका छोरीहरू स्कुल जान्छन्, उनीहरूलाई देखेर मेरी छोरीले मेरो बुवा भएको भए म पनि स्कुल जान्थे होला,पढिलेखि ठूलो मान्छे बन्थे होला भन्छे,छोरीको कुरा सुन्दा मन भक्कानिएर आउँछ’, उनले भनिन्। उनको कान्छो छोरा गाउँकै प्राथमिक स्कुलमा कक्षा चारमा पढ्छन्।

एक साताअघि बिरामी परेपछि गाउँबाट चन्दा उठाएर जिल्ला अस्पतालमा उपचार गर्न लिएको स्थानीय बहादुर बुढाले बताए। ‘डाक्टरले डोल्पामा उपचार नहुने सहरका अस्पतालमा  लिएर उपचार गर्नुपर्ने बताएका छन्। घरका पैसा छैन। अब कसरी सहरका अस्पतालमा लैजाने हो,' उनले भने। बोहोराको परिवारको अवस्था नाजुक भएकाले उपचारका लागि आर्थिक सहयोग गरिदिन बुढाले अपिल गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.