भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा

भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई निमन्त्रणा
सुन्नुहोस्

नयाँ दिल्ली : भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथिका रूपमा फ्रान्सका राष्ट्रपतिलाई निमन्त्रणा गरिएको छ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँलाई सन् २०२४ को जनवरी २६ मा भारतको गणतन्त्र दिवस समारोहमा सहभागी हुन निमन्त्रणा गरिएको स्रोतहरूले जनाएका छन्। नयाँदिल्लीमा आयोजना हुने गणतन्त्र दिवस समारोहमा फ्रान्सको नेतृत्वको प्रमुख आतिथ्यताको यो छैठौं अवसर हुनेछ। 

म्याक्रोँभन्दा पहिले फ्रान्सका पूर्वप्रधानमन्त्री ज्याक शिराक सन् १९७६ र १९९८ मा भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि भएका थिए भने सन् १९८०, २००८ र २०१६ मा पूर्वराष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’एस्टाइङ, निकोलस सार्कोजी र फ्रान्कोइस ओलान्द मुख्य अतिथि हुनुभएको थियो । गत बर्ष उक्त समारोहको प्रमुख आतिथ्यता दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गरेका थिए।

भारत र फ्रान्सले रक्षा, अन्तरिक्ष, असैनिक आणविक, व्यापार, लगानी, शिक्षा, संस्कृति र जनता-जनताबीचको सम्बन्धलगायत विभिन्न क्षेत्रमा घनिष्ट सहयोग गरिरहेका छन्। सन् १९५० मा भारतले ब्रिटिश साम्राज्यसँगको सम्बन्ध भंग गरेको थियो। उक्त दिन भारतमा संविधान लागू भएको थियो र त्यसै दिनदेखि भारत एउटा सार्वभौम गणतन्त्र बनेको थियो। देशको सैन्य शक्ति, प्राविधिक विकास र सांस्कृतिक विविधता झल्काउने दिनका रूपमा भारतले गणतन्त्र दिवस मनाउँछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.