पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत, तर रिहाई नहुने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जमानत, तर रिहाई नहुने
फाइल तस्बिर
सुन्नुहोस्

इस्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यको गोप्य कुराहरू चुहावट गरेको आरोपमा शुक्रबार जमानत दिइएको वकिलहरूले बताएका छन्। यद्यपि अन्य आरोपमा उनी कारागारमै रहनेछन्।

गत अगस्टमा हिरासतमा लिइएका खानले शक्तिशाली सेनामाथि उनको लोकप्रिय आन्दोलनलाई दबाउन र आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिनबाट रोक्न लामो समयदेखि पाकिस्तानमा प्रभुत्व स्थापित गरेका वंशवादी पार्टीहरूसँग मिलेर काम गरिरहेको आरोप लगाएका छन्।

सन् २०२२ अप्रिलमा शीर्ष अधिकारीहरूसँगको मनमुटावपछि सत्ताबाट बाहिरिएका ७१ वर्षीय खान कानुनी मुद्दाहरूको झमेलामा परेका छन्। उनी दुई पटक कारागार गइसकेका छन्।

वकिल सलमान सफदरले खानले भने, 'मुद्दा पूर्णरूपमा समाप्त भएको छ। इमरान खान र शाह महमुद कुरेशीलाई अन्ततः जमानत दिइएको छ।' अभियोजकहरूले खान र कुरेशीमाथि अमेरिकामा पाकिस्तानका राजदूतले पठाएको कूटनीतिक तारलाई गलत प्रयोग गरेको आरोप लगाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.