फरार अभियुक्त १४ वर्षपछि पक्राउ
नुवाकोट : सवारी ज्यान मुद्दाका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ तलाखुका कृष्णबहादुर तामाङ रहेका छन्।
२०६६ साउन ३२ गते पुनरावेदन अदालत पाटनको फैसलाले सवारी ज्यान मुद्दामा १ वर्ष ९ महिना कैद सजायको फैसला सुनाएको थियो। त्यसलगत्तै उनी फरार भएका थिए।
पक्राउ परेका उनलाई कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।