चीनले बन्द गर्‍यो ३४ हजार अनलाइन

चीनले बन्द गर्‍यो ३४ हजार अनलाइन
सुन्नुहोस्

सांघाई : अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन बन्द गरेको छ। चिनियाँ प्रहरीले अप्रिलमा सुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिहरूलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चार माध्यमले शुक्रबार उल्लेख गरेका छन्।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिष्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ। सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरशिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ। प्रहरीले 'प्रहरी, महामारी, खतरा र प्रकोप जसाता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्नेजस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको' राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको छ।

'अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानुनबमोजिम कारबाही गरेको छ। साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि सीसीटीभीले जनाएको छ। यसैबीच सीसीटीभीले अप्रिलमा 'क्लिन नेट' अभियान सुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका विषयमा ५०० भन्दा बढी सामाजिक खाताहरू बन्द गरेको बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.