चीनको वायु प्रदूषण ‘झन् खराब’

चीनको वायु प्रदूषण ‘झन् खराब’

बेइजिङ : चीनको वायु प्रदूषण सन् २०२३ मा अझ खराब भएको एक अध्ययनले देखाएको छ। स्वतन्त्र अनुसन्धान संगठन सेन्टर फर रिसर्च अन् इनर्जी एन्ड क्लिन एयर (सीआरईए) को अध्ययनमा भनिएको छ, ‘सन् २०१३ मा चीनको ‘प्रदूषणविरुद्धको युद्ध’ को प्रारम्भ भएदेखि चीनको राष्ट्रिय औसत पीएम २.५  स्तर वार्षिक रूपमा बढेको सन् २०२३ पहिलो वर्ष हो।’

अमेरिकी पर्यावरण संरक्षण एजेन्सीका अनुसार यदि पीएम २.५ कणहरू साससँगै शरीरभित्र गयो भने यसबाट गम्भीर स्वास्थ्य जोखिम हुन सक्छ। यसबाट मुटु तथा फोक्सोका बिरामीमा अकाल मृत्युका साथै सास फेर्न र अन्य स्वास्थ्य समस्या देखिन सक्छ। 

‘प्रतिकूल मौसमको अवस्थाका अतिरिक्त मानवसिर्जित उत्सर्जनमा भएको समग्र वृद्धिले प्रदूषण स्तरलाई अझ बढाएको छ’, सीआरआईएले भनेको छ। राजधानी बेइजिङसहित चिनियाँ सहरहरू कुनै समय बाक्लो धुवाँका लागि बदनाम थिए। यसबाट ती सहरका बासिन्दाहरूलाई विशेषगरी जाडोयाममा त्रसित बनाएको थियो।

यद्यपि सन् २०१५ मा शीतकालीन ओलम्पिक प्रतियोगिताको दाबीलाई जितेपछि चीनले ‘प्रदूषणविरुद्ध युद्ध’ को घोषणा गरेको थियो। चीनले दर्जनौं कोइला खानी बन्द गरेको थियो र धेरै उद्योगहरूलाई सारेको थियो।  - एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.