बर्दियामा चितुवाको त्रास, आक्रमणबाट एकै दिन ८ जना घाइते

बर्दियामा चितुवाको त्रास, आक्रमणबाट एकै दिन ८ जना घाइते
चितुवाको आक्रमणमा परी बर्दिया अस्पताल गुलरियामा उपचाररत घाइते महिला र आक्रमण गर्ने चितुवा। तस्बिर : यादव आचार्य।
सुन्नुहोस्

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका - ११ र बढैयाताल गाउँपालिका-९ को सिमानामा आइतबार चितुवाको आक्रमणमा परी खेतमा तोरी गोडिरहेका बढैयाताल गाउँपालिका निवासी मोहनलाल चौधरी घाइते भए । उनको टाउकोमा चितुवाले आक्रमण गर्यो । 

तोरी बारीमै लुकेर बसिरहेको चितुवाले आक्रमण गरेको उनलाई उपचारका क्रममा बर्दिया अस्पताल गुलरिया लगियो। बेडमा रहेका उनले भाग्यले नयाँ जीवन पाएको अनुभुती सुनाए । आक्रमण गरी भागेको चितुवा नजिकैको अडहर बारीमा लुक्यो । चितुवाले आक्रमण गरेको खबर पाएपछि गाउँका स्थानीय बारीमै पुगेर चितुवालाई घेरे । जसका कारण चितुवा थप आक्रामक बन्यो । 

मोहनलालले भने, 'गाउँघरमा जनावरको डर बढ्यो अब कसरी जीवन गुजारा चलाउने । खेतबारीमै जनावरबाट असुरक्षा छ । अब त खेती किसानी गर्नु पनि कठिन छ ।'

चौधरीलाई आक्रमण गरेको केही क्षणमै गुलरिया नगरपालिका-११ निवासी एक महिलालाई समेत चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । 'अडहर बारीमा चितुवा लुक्न गएपछि नजिकै रहेको छोरालाई लाठी पुर्‍याउन जाने क्रममा मलाई पनि आक्रमण गरी घाइते बनायो।', किस्मा तुल्हाजानले सुनाइन् । गाउँलेहरुले चितुवालाई गिज्याएर ढुंगाले हानेपछि धेरैलाई आक्रामक गरेको हो ।  

एकैदिन एउटै चितुवाको आक्रमणबाट बन कर्मचारी, प्रहरी लगायत स्थानीय गरी ८ जना घाइते भए। आक्रमणको जानकारी पाएलगत्तै डिभिजन बन कार्यालय बर्दिया तत्काल एनटीएनसी ठाकुरद्वारा, प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीसहित चितुवा नियन्त्रणको लागि घटना स्थल पुगे पनि मानवीय अनियन्त्रित भीडका कारण प्राविधिक टोलीले चितुवा नियन्त्रणमा लिन सकेन । 

डिभिजन बन कार्यालय बर्दियाका अधिकृत द्रोणराज शर्माले भने, 'चितुवाले भागदौडको क्रममा धेरै मानिसहरु माथि आक्रमण गरेको छ । खेतबारीबाट चितुवा भागेर नजिकैको बनमा पसेपछि पुन नियन्त्रणमा लिन खोज्दा स्थानीयबाट अवरोधहरु आयो ।'

उनले स्थानीयले बन कर्मचारी, प्रहरी माथी लाठीसमेत प्रहार गरी घाइते बनाएको बताए। 'चितुवा अझै खेतबारीमा देखा परिरहेकोले नियन्त्रणको प्रयास जारी राखेका छौं ।', उनले भने। 

शर्माले थपे घाइतेहरुलाई बन निर्देशिका अनुसारको सीमाभित्र रहेर राहत तथा क्षतीपूर्ति उपलब्ध गराउँछौं। चितुवा आक्रमणबाट २ जना गम्भीर घाइते भएकाको बर्दिया अस्पतालमा उपचार भैरहेको छ। अन्य सामान्य घाइतेहरुको उपचारपश्चात डिस्चार्ज भैसकेका छन्। बर्दिया जिल्ला चारैतिर जंगल घेरिएको हुँदा यत्रतत्र बन्यजन्तुहरुको त्रास बढ्दो छ। बन्यजन्तु जंगल छाडेर खेतबारीमै आक्रमण गर्न थालेपछि चुनौती बढेको उनको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.