प्रधानमन्त्रीले पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्ने
धरान : प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सरकार गठनको वर्षदिन पुगेको अवसरमा प्रगती विवरणसहित प्रधानमन्त्रीले सम्बोधन गर्ने सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन्।
शनिबार धरानमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सरकारले विकास र सुशासनमा उल्लेखनीय काम गरेको बताइन्। उनले वर्तमान सरकर भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका काम छिटो सप्पन्न गर्न लागि परेको बताइन्। उनले गणतन्त्रविरुद्ध धावा बोल्ने काम भैरहेकाले त्यस्ता अभिव्यक्ति नदिन सबैलाई चेतावनी दिएकी छन्।
मन्त्री शर्माले कानुन र संविधानभन्दा माथि कोही नहुने भन्दै एजप्ल्ट जनताले फालेको दुई चार जना कराउँदै राजतन्त्र नफर्कने बताइन्। उनले सामाजिक सञ्जालमा विकृति बढेकोले टिकटक बन्द र यसको नियन्त्रण गर्न सरकारले कानुन बनाउने काम अगाडि बढाएको बताइन्।