ठ्वास्स गन्हाइरहेको
सारा सृष्टि बुझेर
कुर्न बाँकी झैं एक क्षण समय
जिन्दगी नामको बुढो हातले
नाङ्लोमा बेच्न राखेको
फगत एक खिल्ली चुरोट हौं हामी मित्र।
छुटेकाहरू पनि त्यै बट्टाभित्र
च्यापिन तयार हुनु पर्नेछ
एकदिन समयकै औंलामा।
समयले किन्नेछ
र समयले सल्काउनेछ।
प्रतिक्रिया दिनुहोस !
७