हमासको समर्थनमा यमनमा विशाल प्रदर्शन

हमासको समर्थनमा यमनमा विशाल प्रदर्शन
सुन्नुहोस्

यमनको राजधानी सानामा शनिबार हमासको समर्थनमा विशाल प्रदर्शन भएको छ ।

राजधानी साना सहित यमनको अधिकांश भूभाग इरान समर्थित हुथी विद्रोहीको नियन्त्रणमा छ जसले हमासलाई समर्थन गर्ने घोषणा गरेका छन्।

हुथी विद्रोहीले लाल सागर हुँदै जाने मालवाहक जहाजमा ड्रोन र रकेटले आक्रमण गरिरहेका छन् । उनीहरूले इजरायल जान लागेकाहरूलाई आक्रमण गरिरहेको बताएका छन्।

 
यसपछि जहाजबाट सामान ओसारपसार गर्ने विश्वका धेरै ठूला कम्पनीहरूले लाल सागर पार नगर्ने घोषणा गरेका छन् । यसैबीच अमेरिकाले जहाज बचाउन नौसेना अभियान सुरु गरेको छ ।
 
इजरायल र हमास बीचको युद्ध सुरुवात अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि भएको थियो। उक्त आक्रमणमा १२०० भन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ। 

इजरायलले गाजामा गरेको आक्रमणमा हालसम्म २० हजारभन्दा बढी मानिस मारिएको हमासको दाबी छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.