डेढ वर्षभित्र सिंगो नेपाल उज्यालो बनाउँछौं : प्रधानमन्त्री

डेढ वर्षभित्र सिंगो नेपाल उज्यालो बनाउँछौं : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिंगो देश उज्यालो बनाउने गरी योजना बनेको बताएका छन्।

शनिबार माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरूले लिएको बताए।

'देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरू हाम्रै पालामा भएका छन्। मैले तीनपटक सरकारको नेतृत्व गर्दा केही रणनीतिक महत्वका काम गरेको छु। तर, हामीले आफूले गरेका कामको जस लिन सकिरहेका छैनौं। विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौं,' उनले भने।

प्रधानमन्त्रीले आफ्नो तीनवटै कार्यकालमा महत्वपूर्ण कामहरू भए पनि त्यसको स्वामित्व लिन नसकिएको बताए। 'पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको साँवा नै मिनाहा गरियो। पूर्व-पश्चिम, उत्तर-दक्षिण परियोजनाहरू अगाडि सारियो। विकासका ठूलठूला आयोजनाहरु सञ्चालनमा आए। प्रत्येक गाविसमा सहकारी निर्माण गरियो। दोस्रो कार्यकालमा उपत्यकामा लोडसेडिङको अन्त्य गरियो। अबको डेढ वर्षमा सिंगो देश नै उज्यालो हुने गरी काम गर्ने बताए।

सम्मेलनमा प्रधानमन्त्रीले तीन महिने अभियानले जनआधारमा सुदृढ हुँदै गएको भन्दै फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढंगले विचार संश्लेषण गरिने जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.