‘हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ’

‘हार्नेले जित्नेलाई सहयोग गर्नुपर्छ’

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा वरीयताको विवाद अन्त्यका लागि महाधिवेशनमा ‘हार्नेले जित्नेलाई सघाउनुपर्ने’ धारणा सार्वजनिक गरेका छन्। शनिबार काठमाडौंमा भएको पार्टीको पहिलो बागमती प्रदेश सम्मेलनमा देउवाले यस्तो बताएका हुन्। देउवाले भने, ‘अहिलेको अवस्थामा हाम्रा साथीहरूबीच मेलमिलाप हुन जरुरी छ। अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ। आज जित्नेले पनि भोलि सधैं जितिरहिन्छ भन्ने हुँदैन। जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ।’  

देउवाले राष्ट्र अहिले दोधारमा उभिएको बताउँदै भने, ‘यो अवस्थामा कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको हो।’ देउवाले अगाडि भने, ‘आज यो व्यवस्थाका कारण आदिवासी जनजाति, अपांगता भएकाहरूको प्रतिनिधित्व हुने व्यवस्था भएको छ ।’ यस्तो व्यवस्थामा कुनै पनि पार्र्टीको बहुमत नआउने भए पनि कांग्रेस ठूलो पार्र्टी भएको बताए। उनले ग्रास रुटदेखि नै कांग्रेसलाई बलियो बनाउन लाग्न सबैलाई आग्रह गरे। 

कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले पार्र्टीभित्र एकता र सद्भावको खाँचो रहेको बताए। उनले वडादेखि केन्द्रसम्म नै पार्र्टी सबै एकताबद्ध भएर अघि बढेको अवस्थामा नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताए। उनले कांग्रेसकै नेताहरूले पार्टी  र नेतृत्वका विषयमा टीकाटिप्पणी गर्दा समस्या सिर्जना भएको भन्दै, ‘केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ। यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जानुपर्नेछ। हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलग–अलग कुरा गर्नु पार्र्टीका लागि घातक हुन्छ।’

उनले आफू धेरै नकारात्मक परिस्थितिमा अर्थमन्त्री बनेको भए पनि सुधारका लागि निकै ठूलो प्रयास गरेको भन्दै ‘धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा म अर्थमन्त्री बनेको थिएँ, बजेट बनाउने समय मसँग दुई महिना पनि थिएन। ओलीजीको समयभन्दा अगाडिदेखि नै समस्या चुलिन थालेको थियो। ‘बिना प्राथमिकताका ठेक्कामुखी आयोजनाहरू अगाडि बढाइएको थियो। समस्याको पहाड थियो। कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन।’

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अब पनि प्रदेशको विषय उठाउँदै प्रदेशहरूलाई अधिकार दिन ढिलाइ गरे कांग्रेसले सिंहदरबार घेर्ने बताए। शर्माले भने, ‘सरकारलाई प्रदेशलाई अधिकार प्रत्यायोजन गर्नेसम्बन्धी कानुन फागुनभित्र ल्याइसक्नुपर्छ। प्रदेशलाई अधिकार नदिने हो भने कांग्रेसले सिंहदरबार घेर्छ।’ शर्माले भने, ‘प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ। त्यसका लागि संघीय सरकारले कतिपय कानुनहरू जारी गरिहाल्नुपर्छ। संघले कानुन फागुनसम्म नल्याए। कांग्रेसले महासमिति बैठकबाट यो विषयमा निर्णय गर्छ।’  

शर्माले सबै प्रदेशमा एउटै कुरा सुनिएको भन्दै, ‘सबै प्रदेश सम्मेलनमा जाँदा निरन्तर एउटै कुरा आएको छ, त्यो के भने प्रदेश बन्यो अधिकार दिइएन।’ ‘प्रदेशले कानुन मागेका हुन्। त्यो दिन सकिन्छ कि सकिँदैन ? त्यो दिन नसकिने कारण के छ ?’ शर्माले भने। संघीय सरकारले कानुन बनाइदिँदा प्रदेश र स्थानीय तहहरू शक्तिशाली हुने भनेर कानुन बनाउन ढिलाइ गरिएको भए त्यो गलत हुने बताए। 

पार्टीका उपसभापति  तथा कानुनमन्त्री धनराज गुरुङले संसद्् सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका छन्। उनले संसद्् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामती ऐन ल्याउने बताएका बताए। संघीय प्रहरी ऐन, संघीय कर्मचारी ऐन र शिक्षा विधेयकहरू संसद्् सञ्चालन हुन ढिलो भए अध्यादेशमार्फत ल्याउने बताए। स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन छिट्टै संघीय कानुनहरू पारित गर्ने तयारीमा रहेको पनि प्रष्ट पारे।  

नेता प्रदीप पौडेलले निर्वाचन प्रणालीको प्रसँग निकाल्दै भने, ‘दलहरूलाई दुई तिहाई बहुमत ल्याउन निर्वाचन प्रणाली फेर्नुपर्ने कुनै आवश्यकता छैन। कार्यशैलीमा सुधार भए बहुमत ल्याउन निर्वाचन प्रणाली बाधक हुँदैन।’ सम्मेलनमा कांग्रेसकै नेताहरूले समानुपातिक निर्वाचन प्रणालीका कारण बहुमत आउने अवस्था नरहेको भनेपछि नेता पौडेलले समानुपातिक निर्वाचन प्रणाली कुनै पनि दलका लागि बहुमत ल्याउने बाधक नभएको बताएका थिए।

पौडेलले अगाडि भने, ‘बहुमत ल्याउनका लागि निर्वाचन प्रणालीले कुनै बाधा पु¥याएको छैन। यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिन्छ। तर, सरकारमा गएर राम्रो काम गर्नुपर्छ। यदि कांग्रेसले सम्हालेको सरकारले सबै खाले भ्रष्टाचारको अन्त्य गर्छ भने म ठोकुवा गरेर भन्छु, कांग्रेसले बहुमत ल्याउँछ।’

उनले कांग्रेसलाई सुधार गरेर अघि बढाउन पार्र्टीको विधानका व्यवस्थाहरूमा सुधार ल्याउनुपर्ने भन्दै, ‘नेपाली कांग्रेस मास बेस्ड पार्र्टी हो, क्याडर बेस्ड पार्र्टी होइन। हामीले अब पार्र्टीलाई कस्तो बनाउने हो ? त्यसबारे छलफल गर्न ढिला भइसकेको हो जस्तो लाग्छ। पार्र्टीलाई गुट र उपगुटले खण्डहर बनाएको छ। यदि हामीले यसलाई सुधारेर लैजाने हो भने हामीले पार्र्टीलाई मास बेस्ड पार्र्टीको रूपमा अघि बढाउनुपर्छ, त्यसकालागि पार्र्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नुपर्छ ।’

‘मास बेस्ड पार्र्टी बनाउने हो भने सबै कुरा पार्टीका क्रियाशील सदस्यले गर्न पाउने व्यवस्था गर्नुपर्छ। किनभने अहिलेको प्रतिनिधिमूलक भोट गर्ने व्यवस्थाले पार्र्टीभित्र गुटबन्दी बढाएको छ। तलदेखि माथिसम्म आफ्ना गुटका मान्छे निर्वाचित गरेर हामी सत्तामा पुग्ने खेल गरिरहेका छौं। तर, ८ लाख ६० हजार क्रियाशीलले भोट हालेर सभापति र महामन्त्री चुन्ने हो भने कसैले कसैलाई कानेखुसी गर्न सक्दैन, गुटबन्दीको अन्त्य हुन्छ।’ 

उनले पार्टीमा एउटै मान्छे दोहोरिनुको राम्रो नहुने बताउँदै भने, ‘विधानमा यति समयसम्म उसले यति काम गर्नुपर्छ भनेर लेखिएको छ, तर त्यसो गरिएन भने के हुन्छ भनेर लेखिएको छैन, त्यसकारण अहिलेसम्म जिम्मेवारी पाएको मान्छेले केही नगरे पनि केही भएन।’

राजनीतिमा अब क्षमताको आवश्यकता परेको भन्दै अगाडि भने, ‘म ३० वर्षदेखि राजनीति गरिरहेको छु। तर, ३० दिनअघि आएको साथीले मलाई जित्छ भने मैले चुप लागेर बस्न सक्नुपर्छ। अबको राजनीति कन्टेण्टले गर्ने हो। कन्टेन्टमा अर्को साथीले जित्छ भने मैले कांग्रेसका लागि छोडिदिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.