'लाल सागरमा भारतीय ध्वजावाहक तेल ट्याङ्करमा हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण'

'लाल सागरमा भारतीय ध्वजावाहक तेल ट्याङ्करमा हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण'
सुन्नुहोस्

 

लाल सागरमा यमनका हुथी विद्रोहीहरूले शनिबार साँझ ड्रोनद्वारा भारतीय झण्डा भएको कच्चा तेल ट्यांकरमा आक्रमण गरेको अमेरिकी नौसेनाले जनाएको छ।

अमेरिकी नौसेनाको सेन्ट्रल कमाण्डले सामाजिक सञ्जाल साइट एक्समा लेखेको छ, 'गाबोनको स्वामित्वमा रहेको र भारतीय झण्डा भएको कच्चा तेल ट्याङ्कर एमभी साईबाबा (व्यापारी जहाज) लाई ड्रोनले आक्रमण गरेको जानकारी दिएको छ।'

अमेरिकी नौसेनाका अनुसार आक्रमणमा कोही पनि घाइते भएका छैनन् तर जहाजले दक्षिणी लाल सागरमा गस्ती गरिरहेको अमेरिकी नौसेनाको युद्धपोतलाई 'डिस्ट्रेस' कल पठाएको छ।

यसअघि भारतको पश्चिमी तटमा इजरायलसँग सम्बन्धित एक व्यापारी जहाजमा हवाई आक्रमण भएको थियो। अमेरिकाले उक्त जहाजमा आक्रमण गरेको इरानले आरोप लगाएको थियो ।

गाजा युद्ध सुरु भएयता लाल सागर बाहिर कार्गो जहाजमा आक्रमण भएको यो पहिलो घटना हो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.