एनसेल खरिद बिक्री प्रकरण

प्रचण्डलाई ओलीको जवाफ : व्यापारी चिन्नु र बेथिति गर्नु एउटै हो, असान्दर्भिक कुरा गरेर ध्यान मोड्ने ?

प्रचण्डलाई ओलीको जवाफ : व्यापारी चिन्नु र बेथिति गर्नु एउटै हो, असान्दर्भिक कुरा गरेर ध्यान मोड्ने ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको सम्पत्ति केही व्यक्तिका फाइदाका लागि डुबाउने काम रोकिनुपर्ने बताएका छन्। ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एनसेल खरिद बिक्रीको प्रसंग उठाउँदै खर्बौंको सम्पत्ति अर्बौंमा किनबेच भइरहेको भन्दै आपत्ति जनाएका हुन्।

‘सञ्चारमन्त्रालय कहिले बेचेको हो भन्छ, कहिले होइन भन्छ यस्तो खालको हुनु भएन’उनले भने। पूर्वप्रधानमन्त्री ओलीले सरकारले विधिको शासन पालना नगरेको दाबी गरे। सरकारको बेथितिविरुद्ध बोल्दा एमालेलाई आरोप लगाउने गरेको उनले दाबी गरे। 

‘सरकारको यो बेथिती...। अब त कस्तो भयो भने तपाईंको सरकारले यस्तो बेथिति गरेको छ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई त केपी ‌ओलीले पनि चिन्या छ नि भन्ने गरेको छ। केपी ओलीले नेपालका व्यापारी किन चिन्दैन चिन्छ नि त।’ओलीले प्रश्न गर्दै भने,‘व्यापारी चिन्नु र बेथिति गर्नु एउटै कुरा हो ? त्यसकारण यस्ताखालका असान्दर्भिक कुरा गरेर ध्यान अर्कोतिर मोड्ने काम सरकारले गरिरहेको छ।’

ओलीले सुन तस्करी गर्न पशुपतिनाथमा पित्तल चढायो भनेर हल्ला फैलाउने काम गरेको उनको दाबी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदा एनसेल किनबेच गर्ने व्यापारी एनसेलको ८० प्रतिशत शेयर खरिद गर्ने गैरआवासीय नेपाली व्यवसायी सतिशलाल आचार्यसँग आफ्नो मात्र नभई कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको समेत चिनजान रहेको बताएका थिए। प्रचण्डले एनसेल सेयर खरिद बिक्रीमा आफ्नो परिवारको नाम जोडेर व्यवस्थामाथि हमला गरेको आरोप लगाएका थिए।

एनसेल खरिदबिक्रीमा प्रचण्ड परिवार संलग्न भएको सांसदको प्रश्नमा जवाफ दिँदै प्रचण्डले भने,‘मेरो परिवार घट्दै गएर तीन जना रहेका छौं। त्योमध्ये एक जना भरतपुर महानगरपालिकाको मेयर छे, हामी सबैलाई थाहा छ। उतै बढी इंगेज हुन्छे। एउटी छोरी छ, विचारा त्यो कस्तो छ त तपाइँहरूले थाहा पाउनुभएकै छ। उनलाई जोडेर उचालेको छ। म के ठान्छु भने यो संवैधानिक व्यवस्था, गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.