डोल्पामा रुखले च्यापेर महिलाको मृत्यु
डोल्पा : हिमाली जिल्ला डोल्पामा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ।
देउराली सामुदायिक वनमा दाउरा ल्याउन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्याप्दा त्रिपुरासुन्दरी नगरपालिका-११ की ३० वर्षीया सिरु बोहोराको मृत्यु भएको हो।
हुम गाउँ नजिकै पर्ने कादुरी खोलाको जंगलमा शनिबार दाउरा ल्याउन गएकी बोहोराको ढलेर लागेको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले पुष्टि गरेको हो।
मृतकको पोष्टमार्टमा लागि जिल्ला अस्पतालमा ल्याइएको र घटनाका विषयमा अनुसन्धान भइरहेको डीएसपी शिव बुढाथोकीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
१