शुभकामना सन्देश

क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित गर्दै आएको छ : प्रचण्ड

क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित गर्दै आएको छ : प्रचण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित गर्दै आएको बताएका छन्। इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको अवसरमा आज शुभकामना दिँदै उनले भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको बताएका हुन्। 

‘२१ औं शताब्दीको भूमण्डलीकरणको आधुनिक युगमा देश, भूगोल, भाषा, संस्कृति र आस्थाका दृष्टिले सिङ्गो मानव जाति नै गहिरो अन्तर्घुलनतर्फ उन्मुख भइरहेको छ।’माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भनेका छन्, ‘क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित र मानव जातिको कल्याणका निम्ति हामी सबैलाई प्रेरित गर्दै आएको छ। यसलाई अझ समुन्नत र परिस्कृत तुल्याउनु सबै धार्मिक समुदायको समेत कर्तव्य हुन आउँछ।’
उनले क्रिसमसले सामाजिक सद्भावलाई अझ बलियो भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। ‘नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै जुनसुकै धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हकलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ।’शुभकामना सन्देशमा भनिएको छ, ‘विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी राष्ट्रिय एकता प्रवर्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो। क्रिसमस पर्वले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ बलियो भूमिका खेल्ने मैले विश्वास लिएको छु।’

उनले राष्ट्रिय एकता र धार्मिक सहिष्णुतासहितको नेपाली मौलिक साझा राष्ट्रिय संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षासमेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.