सम्सी गाउँपालिकामा क्युआर कोडमार्फत् राजश्व भुक्तानी
महोत्तरी : महोत्तरीको सम्सी गाउँपालिकाले क्युआर कोडमार्फत् राजश्व बुझ्ने प्रणालीको सुरुवात गरेको छ । आइतबारदेखि सो प्रणाली लागू गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।
यो प्रणाली लागू भएपछि अब सेवाग्राहीलाई बैंकसम्म जानुपर्ने झन्झटबाट मुक्ति मिलेको गाउँपालिकाका अध्यक्ष रामनाथ यादवले बताए । राजस्व बुझाउन बैंकमा लाइन बस्नुपर्ने समयको बचत हुनुको साथै सेवाग्राहीलाई सजिलो हुने अध्यक्ष यादवले जानकारी दिएका छन् ।
सम्सी गाउँपालिकामा एकमात्र राष्ट्रिस्तरको बैंक सञ्चालनमा रहेका कारण त्यहाँ प्रायजसो सेवाग्राहीको भीड हुने गरेको छ । जसले गर्दा पालिकामार्फत् कामकाज गर्ने सेवाग्राहीलाई लामो समयसम्म लाइन बस्नुपर्ने बाध्य छ।
प्रतिक्रिया दिनुहोस !
५