रामकुमारी झाँक्रीको नजरमा प्रचण्ड सरकारको १ वर्ष

रामकुमारी झाँक्रीको नजरमा प्रचण्ड सरकारको १ वर्ष
रामकुमारी झाँक्री
सुन्नुहोस्

अहिले प्रचण्ड सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ। फागुन १ गते उहाँको पार्टीले मात्र जनयुद्ध दिवस मनाउँथ्यो। अहिले सरकारले नै छुट्टि दिने गरी मनाउने क्रमको सुरुवात गर्नुभयो। त्यसैले संक्रमणकालीन न्यायको विषयलाई सल्टाउन प्रधानमन्त्रीको तदारुकता आवश्यक थियो। प्रधानमन्त्री पक्कै त्यसमा लाग्नुहोला। 

संक्रमणकालिन न्यायका विषय सल्टाउनका लागि हाम्रो क्याबिनेटमा हामीले एक जना मन्त्री बनाएका थियौं। त्यसो त राम्रा काम बिर्सदै जाने ट्रेण्ड पनि छ।  शहिद बेपत्ताहरुको विषयहरुको कुरा गर्दा पनि यसमा प्रधानमन्त्रीले ध्यान दिनुपर्‍यो। शान्ति प्रक्रियाका सबै कुरा तार्किक निष्कर्षमा पुग्ने परिस्थिति अब प्रधानमन्त्रीले बनाउनुपर्छ। 

भ्रष्टाचारको विषयमा कुनै पनि विषयमा कुनै पनि व्यक्ति विशेषलाई आरोप लगाइराख्दा प्रमाणित के कस्तो छ ? त्यसतर्फ ध्यान दिन पर्दैन ?  अख्तियारद्वारा दायर गरिएका मुद्धा अहिलेसम्म कति जितेको छ सरकारले ? अख्तियारले पैसा छापेर रेड ह्याण्ड समाउने जे जस्तो गरिराछ। रेकर्डमा के छ भने अख्तियारले दायर गरेका करिब ९५ प्रतिशत मुद्धा हारेको छ। यस्तो फितलो र तर्कविहीन विषयमा पनि प्रचण्ड सरकारले ध्यान दिन जरुरी छ। कतिपय यस्ता मुद्दा पनि छन्। नीति कार्यक्रम पारेको आधारमा मुद्दा दायर गरेको आधारमा कर्मचारी निलम्बन गरिएको छ। यस्ता कुरामा मुद्दा दर्ता गरेर सरकारले प्रतिशत पुर्‍याउने काम मात्र गरेको छ। भ्रष्टाचार भएको छ भने बजेट खर्च गर्नेले गरेको छ, सरकारले हेर्ने त्यता हो। 

भुकम्प पुर्ननिर्माणको विषयमा डाटाहरु आधिकारीक अझै छैनन्। गठबन्धन सरकारमा सँगै भएकाले सरकारलाई आधिकारिक डाटा संकलन गर्न अनुरोध पनि गरेका छौं। यद्यपि सुरुवाती दिनमा भुकम्पका विषयमा सरकारले अग्रसरता देखाएको हो। 

आर्थिक रुपमा भएका कुरा आर्थिक चक्र हुन्। पहिलेका निणर्यका कारण पनि अहिले प्रभाव पारेको हो। आर्थिक सुचांकहरु सुधारिएका छन्। पूँजीगत खर्च गरेर ग्रोथ बढाउने कुरामा सरकारले ध्यान दिनुपर्छ। तर यो वर्षको कार्यक्रम वृद्धि बढाउने खालका छैनन्। हामी सबै सरकारका अंग हौं। हामी सबैले वातावरण बनाउनुपर्छ। प्रचण्डले सरकार सञ्चालन गर्ने बेलामा धेरै सुचकांक बिग्रेका थिए। अहिले सुध्रिने बाटोमा छन्।

रामकुमारी झाँक्री
- सचिव, नेकपा एस समाजवादी 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.