प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रचण्डले मंगलबार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रचण्ड प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेको उनले बताए। प्रचण्डले पहिलो वर्ष धेरै काम गर्न नसकिएको बताउँदै आगामी वर्ष पुन: नयाँ ढंगले अगाडि बढ्ने उद्घोष गरिरहेका छन्। 

यो पनि पढ्नुहोस

गत वर्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेसहितका सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  प्रधानमन्त्रीको दाबी पेश गरेका थिए। 

बालुवाटारमा बसेको तत्कालीन सत्ता गठबन्धन बैठकमा प्रधानमन्त्रीमा सहमति नजुटेपछि बालकोटमा एमाले र माओवादी केन्द्रलगायतका दलहरुबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको थियो। तत्कालीन समयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले , माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी,जनमत पार्टी र नागरिक उन्‍मुक्ति पार्टीको समर्थन जुटेको थियो। तर राष्ट्रपतिको निर्वाचनमा एमालेसँगको गठबन्धन तोडेर प्रचण्डले कांग्रेससँग गठबन्धन गरेका थिए। त्यसपश्चात पुन: उनले विश्वासको मत लिएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.