चीनमा कोरोनाको नयाँ भेरियन्टको कहर, भारतमा एकैदिन ६२८ जनामा संक्रमण, एकको मृत्यु

चीनमा कोरोनाको नयाँ भेरियन्टको कहर, भारतमा एकैदिन ६२८ जनामा संक्रमण, एकको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

एजेन्सी : कोभिडको नयाँ सब -भेरियन्ट JN.1  पछिल्लो एक महिनायता विश्वभर तीव्ररुपमा फैलिरहेको छ। नयाँ भेरियन्ट बेलायत, चीनलगायत धेरै देशहरूमा फैलिरहेको छ। भारतमा पनि कोरोनाका बिरामी दिनप्रतिदिन बढिरहेका छन्।

बेलायती पत्रिका डेली स्टारले आफ्नो एक रिपोर्टमा कोभिडको नयाँ भेरियन्टबाट चीनमा ठूलो संख्यामा मानिसको मृत्यु भइरहेको जनाएको छ। मृतकको संख्या यति धेरै बढिरहेको छ कि त्यहाँको शवदाह गृह २४ घण्टा सञ्चालनमा छ।

विश्व स्वास्थ्य संगठनले  कोभिडको JN.1 भेरियन्टलाई 'भेरियन्ट अफ इन इन्टरेस्ट' को श्रेणीमा राखेको छ। यो भेरियन्ट कम खतरा रहेको बताइएको छ।तर यो भेरियन्ट विश्वभर द्रुत गतिमा फैलिरहेको छ।  चीनमा हाल १ लाख १८ हजार ९७७  कोरोना भाइरसका पोजिटिभ केस रहेको बताइएको छ । जसमध्ये ७ हजार ५५७ केस गम्भीर अवस्थाका छन्।

तर, चीनले भने कोभिडबाट मृत्यु भएकाको यकिन संख्या भने खुलाएको छैन। 

चीनमा कोभिड संक्रमणबाट मर्नेको संख्या बढेपछि भारतमा चिन्ता बढेको छ। भारतमा JN.1 फैलिएसँगै कोभिडको एक्टिभ केस  ४ हजार ५४ पुगेको  छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार पछिल्लो २४ घण्टामा ६२८ जनामा संक्रमण देखिएकोमा एकजनाको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा केरलाका नागरिक रहेको बताइएको छ।

भारतमा कोभिडबाट मृत्यु भएपनि अधिकांश बिरामीलाई अस्पताल भर्नाको जरूरी नरहेको नेशनल इण्डिया मेडिकल एसोसिएसनका कोभिड  टास्कफोर्सका सह अध्यक्ष राजीव जयदेवनले मिडियालाई बताएका छन्। 

डब्लुएचओले जाडो बढिरहेको देशले सतर्कता अपनाउनुपर्ने बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.