प्रो–क्लब च्याम्पियनसिप टी–२० : एपिएफ भारतको नोयडासँग पराजित

प्रो–क्लब च्याम्पियनसिप टी–२० : एपिएफ भारतको नोयडासँग पराजित
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा जारी नेपाल प्रो–क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेटमा सोमबार भएको पहिलो  खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब, भारतको वन्डर्स क्लब नोयडासँग आठ विकेटले पराजित भएको छ।

वीरगन्जस्थित नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा १४५ रनको लक्ष्य नायेडाले १६.२ ओभरमा केवल दुई विकेट गुमाएर पूरा गरेपछि एपिएफले आठ विकेटको फराकिलो हार व्यहोरेको हो। जारी प्रतियोगितामा अहिलेसम्म तीन खेल खेलेको नोयडाले पहिलो जीत निकालेको हो। नोयडा अयसअघिका दुवै खेलमा पराजित भएको थियो। तीन खेल नै खेलेको एपिएफले सोमबार दोस्रो हार खेपेको हो। यअिघि एपिएफले एक खेलमामात्र जीत हात पारेको थियो। 

सोमबारको खेलमा नोयडाका लागि रितिक वत्सले सर्वाधिक ४६ रनको योगदान गरे। उनले केवल २१ बलमा तीन छक्का र ६ चौका हान्दै ४६ रन बनाएका हुन्। यस्तै हर्षित सेठ्ठीले ४५ , सिद्धार्थ गोस्वामीले ४३ र ऋतिक अरोराले १२ रनको योगदान दिए। बलिङतर्फ एपिएफका कमल खत्री र विपिन खत्रीले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। एपिएफ क्लबका लागि कप्तान प्रदीप ऐरीले २४ ,ओपनर हरिशंकर शाहले २३, आसिफ शेखले १९, सन्दीप जोराले २०, लोकेश बमले अविजित १९ र अमर रौतेलाले अविजित १७ रन बनाए।

बलिङतर्फ नोयडाका अलिप्त गुप्ताले दुई विकेट लिए। हर्षित सेठी, सञ्जिव चतुर्वेदी र रितिक वत्सले पनि एक–एक विकेट हात पारे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.