कृषि फर्ममा आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति

कृषि फर्ममा आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति
सुन्नुहोस्

झापा : झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गएराति आगलागी भएको छ। आगलागीमा परी जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। 

झापा–६  स्थित युवा टोलमा खेम राई, देउमान गुरुङ, गणेश भट्टराई, मनमाया राई, सपना राई र अनिता राईले संयुक्त लगानी सञ्चालित राइजिङ कृषि फर्ममा आइतबार मध्यराति १२ बजे लागेको आगो अढाई घण्टापछि नियन्त्रणमा आएको थियो। 

शिवसताक्षी र बिर्तामोड नगरपालिकाको दमकल, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिएको जनाइएको छ। सो कृषि फर्ममा कुखुरा पालन गरिएको प्रहरीले जनाएको छ। आगलागीबाट सिमेन्टको पिलर, टिनको छानो, तारजाली तथा टिनको बेराले बनाइएको कुखुरा फर्म जलेर पूर्ण रुपमा नष्ट भएको छ। 

कृषि बिमा समेत नभएको कुखुरा फर्ममा आगलागी हुँदा किसानहरू पीडामा छन्। ‘मध्यरात हुँदा कुखुरा फर्ममा आगलागी भएको थाहा नै पाइन, कुखुराहरू कुराउन थालेपछि बाहिर निस्किएर हेर्दा फर्म जलिरहेको थियो,’ स्थानीय प्रकाश राईले भने। विद्युत् सर्ट भएर आगो नलागेको र यो घटना कसैले जानिबुझी गराएको हुन सक्ने फर्मका सञ्चालक खेम राईको दाबी छ। यद्यपि प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.