लघुवित्तले बचतकर्ताको रकम फिर्ता नगरेपछि प्रशासनमा उजुरी

लघुवित्तले बचतकर्ताको रकम फिर्ता नगरेपछि प्रशासनमा उजुरी
सुन्नुहोस्

डोल्पा : हिमाली जिल्ला डोल्पाका महिलाहरूले लघुवित्त विरुद्ध जिल्ला प्रशासन कार्यालय डोल्पामा उजुरी दिएका छन्। दिउँसो ठुलिभेरी नगरपालिका-८ जुफालका एक दर्जनभन्दा बढी महिलाले दुनैमा रहेको ग्लोबल आइएमई बैंकको लघुवित्त विरुद्ध सामूहिक हस्ताक्षरसहित प्रशासनमा उजुरी दिएका हुन्।

सुरुमा रिलाएबल माइक्रो फाइनाइन्सका नाममा स्थापना भएको यस लघुवित्तमा सुरु देखि नै जम्मा गरेको पुरै बचत फिर्ता लिन खोज्दा आलटाल गरेको भन्दै उजुरी आएको प्रशासनले जनाएको छ।

आफूहरूले जम्मा गरेको पैसा लघुवित्तले डुबाउने हल्ला चलेपछि रातदिन मेहनत गरी जम्मा गरेको बचत सबै निकाल्न खोज्दा एक सातादेखि लघुवित्तले झुलाइरहेकाले बचत फिर्ता गराइदिन महिलाहरूले माग गरेका छन्।

आफ्नै पैसा नपाउने अवस्था आएपछि न्यायको आसमा प्रशासनमा उजुरी गरेको उनीहरूको भनाइ छ। डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाललाई बुझाएको निवेदन दुबै पक्षलाइ बोलाएर छलफल गराउन निर्देशन दिँदै जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ।

दुई सार्वजानिक बिदा भएकाले बुधबार दुबै पक्षलाई बोलाएर छलफल गर्ने डीएसपी शिव बुढाथोकीले जानकारी दिए। यस लघुवित्तमा जम्मा गरेको बचत फिर्ता गर्न चार महिना समय खर्च गर्नु परेको त्रिपुराकोटका महिलाहरूले गुनासो गरे।

पछिल्लो समय डोल्पाका लघुवित्तहरूमा समूह छोड्ने र कर्जा तीन आनाकानी गर्ने समूह बढ्दै गएको पाइएको छ। डोल्पामा रहेका ग्लोबल आइएमई लघुवित्त, एनआइसी एसिया लघुवित्त र चन्दनाथ सहकारीले विना धितो प्रवाह गरेको कर्जाको लाखौँ डुब्ने खतरामा छ।

केही महिनाअघि अभियान्ता दुर्गा प्रसाईंले गरेको लघुवित्त विरुद्ध गरेको आन्दोलनले गर्दा कतिपय ऋणीले महिनौदेखि कर्जा तिर्न अटेरी गरिरहेको लघुवित्तका कर्मचारीहरूले गुनासो गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.