गाईको मासुसहित तीन जना पक्राउ
काठमाडौं : जिल्ला प्रहरी कार्यालय काभ्रेले गाईको मासुसहित तीन जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचखाल नगरपालिका-१ का ३४ वर्षीय मिनबहादुर तामाङ, ३० वर्षीय सन्तबहादुर तामाङ र सिन्धुली घ्याङलेक गाउँपालिका-२ का २७ वर्षीय अर्जुन लामा थिङ रहेका छन्।
आइतबार जिल्लाको पाँचखाल नगरपालिका-१ घुमाउने चौरस्थित गाई काटिरहेको भन्ने सूचनाका आधारमा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले ८५ केजी गाईको मासुसहित पक्राउ गरेको हो।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।