उधौली पर्वको शुभकामना

समुदायको पहिचानमा मुलुकको समुन्‍नति र समृद्धि निर्भर रहन्छ : प्रचण्ड

समुदायको पहिचानमा मुलुकको समुन्‍नति र समृद्धि निर्भर रहन्छ : प्रचण्ड
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्‍नति र समृद्धि निर्भर रहने बताएका छन्। मंगलबार उधौली पर्वको शुभकामना दिँदै उनले आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको बताएका हुन्। 

‘राष्ट्रियताको सम्वर्द्धन र समुदायको पहिचानमा नै मुलुकको समुन्‍नति र समृद्धि निर्भर रहन्छ। यस्ता मौलिक चाडपर्वहरूले नेपालीहरूबीच सामाजिक एकता, सद्‍भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ।’शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ।’

उनले नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, ‘विभिन्‍न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्‍न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ। लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्‍भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो।’

प्रचण्डले २१ औं शताब्दीमा नेपाली पहिचानसहितको विचारलाई माथि उठाउन र विश्‍वव्यापी बनाउन सबै क्षेत्र, लिङ्ग, वर्ग, समुदायको ऐक्यवद्धता आजको आवश्यकता भएको बताएका छन्। उनले पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा उर्जा प्रदान गर्ने अपेक्षा व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.