नाइजेरियामा आक्रमण, १६० जनाको मृत्यु

नाइजेरियामा आक्रमण, १६० जनाको मृत्यु
सुन्नुहोस्

मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन्।

बोक्कोस स्थित  स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ।  

बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ । झडपमा घाइते भएका ३०० भन्दा बढी  व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ। स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको  उल्लेख गरेको छ।  संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको  छ।

 
यो घटना पठारमा गत मे महिना यताकै सबैभन्दा  हिंस्रक घटना हो। सो घटनामा किसान र गोठाला बीचको झडपमा सयभन्दा बढीको मृत्यु भएको थियो। नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा  गम्भीर सुरक्षा खतरा बढेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.