सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसार परिणाम आएन : प्रधानमन्त्री

सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसार परिणाम आएन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गरेको कामको उचित परिणाम नआएको स्वीकार गरेका छन्। देशबासीका नाममा मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो हुटहुटीअनुसार परिणाम नआएको स्वीकारेका हुन्।

'सरकार असफल त भएन। तर, मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन,' उनले भने। उनले बनिसकेका पूर्वाधारको जस लिन आफूले खोसाखोस नगरेको प्रस्ट पारे। उनले सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा आफू रहेको बताए। 'म बनिसकेको पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु। देश कति बन्यो भन्ने होइन कति बन्नसक्थ्यो भन्ने आत्मसमीक्षामा छु,' उनले भने।

उनले सरकारको कार्यशैली बदल्ने घोषणासमेत गरे। त्यतिमात्र होइन, सार्वजनिक कार्यक्रममा समेत त्यति सहभागी नहुने उनको उद्‍घोष थियो। 'म सार्वजनिक घोषणा गर्न चाहन्छु, अब सरकारको कार्यशैली बदलिनेछ। केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनको समस्या समाधान गर्नेतिर लाग्छु। सरकारको कार्यशैली बदलिने यो प्रस्थान बिन्दु हो,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.