मनमोहन अस्पतालमा महिलाको मृत्यु प्रकरण : प्रशासन र मृतकका परिवारबीच सहमति
झापा : झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उत्पन्न भएको विवाद साम्य भएको छ। अस्पताल प्रशासन र मृतकका परिवारबीच भएको सहमतिपश्चात् उत्पन्न विवाद साम्य भएको छ।
इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल भएपनि लिखित सहमति भने बाहिर भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने, मृतकका छोराछोरीलाई शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने लगायत बुँदामा सहमति भएको जनाइएको छ।
क्षतिपूर्ति बापत एकमुष्ट रकम दिने सहमति भएपनि दुवै पक्षले सो कुरा खुलाउन चाहेनन्। प्रहरीका अनुसार १० देखि १२ लाख रुपैयाँसम्म क्षतिपूर्ति बापतको रकम दिनुपर्ने छलफलमा कुरा उठेका थियो। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनका आधारमा घटनाका दोषीलाई
उपचारका क्रममा उनको बेलुका साढे ५ बजे मृत्यु भएको थियो। मृतकका श्रीमान्, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन्। नर्वदाको मृत्यु पश्चात् आक्रोशित बनेका मृतकका परिवार र आफन्तजनहरू सोमबार साँझदेखि नै अस्पताल घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए।
उनीहरूले प्रदर्शनमा उत्रिँदा मंगलबार दिनभर अस्पताल परिसर तनावग्रस्त बनेको थियो। आक्रोशित बनेका प्रदर्शनकारीहरूले बाहिरबाट ढुंगामुडा प्रहार गर्दा अस्पतालका सिसाहरू फुटेका थिए। अस्पताल हुने सम्भावित तोडफोडको घटनालाई लक्षित गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
गत साउन २९ गते चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मनमोहन हस्पिटलमा आन्दोलन गरेका थिए। प्रसूति गराउन मनमोहन ल्याइएकी बिर्तामोड-१ की २७ वर्षीयासिर्जना सङ्ग्रौलाको मृत्यु भएपछि आफन्तहरूले आन्दोलन गरेका थिए। अस्पताल प्रशासनले क्षतिपूर्तिबापत मृतक परिवारलाई ३५ लाख रुपैयाँ दिएको थियो।