दक्षिण अफ्रिकामा बाढीबाट ७ जनाको मृत्यु, ११ बेपत्ता

दक्षिण अफ्रिकामा बाढीबाट ७ जनाको मृत्यु, ११ बेपत्ता
फाइल तस्बिर।
सुन्नुहोस्

 

दक्षिण अफ्रिकाको एक प्रान्तमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ भने थप ११ जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । बेपत्ताहरूको खोजीमा उद्धारकर्मीहरू मङ्गलबार मुसलधारे वर्षामा सङ्घर्ष गरिरहेका छन् । 

क्वाजुलु नटाल प्रान्तको लेडिस्मिथ जिल्लामा १० मिटर (३३ फिट) सम्मको गहिरो हिलोले घरहरू क्षतिग्रस्त भएको र कारहरू बगाएको उद्धारकर्मीहरूले बताएका छन् । प्रान्तीय अधिकारीहरूले छ जनाको मृत्यु र १० जना बेपत्ता भएको पुष्टि गरेका छन् । 

त्यस्तै दक्षिणमा मान्डेनीमा नदीमा आएको बाढीले तीन जनालाई बगाएको छ । आठ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको र अन्य एक जना हराएको आइपिएसएस उद्धार संस्थाले जनाएको छ । 

डर्बनदेखि दुई सय ३० किलोमिटर उत्तरपश्चिममा रहेको लेडिस्मिथमा वर्षाका कारण शवहरूको खोजीमा व्यवधान भएको छ । उक्त स्थानमा आइतबार मुसलधारे वर्षा भएको थियो । 

आइपिएसएसका टोली नेता टेरेजा भ्यान डेन बर्गले १० मिटर गहिरो स्थानमा धारले क्याराभान पार्कमा क्षति पुर्याएको र पुल पार गर्ने सवारी साधनलाई बगाएको जानकारी दिए । 'कसैलाई केही हडप्ने मौका थिएन', उनले भने। केही कार तीन किलोमिटर तल फेला परेका थिए । 

नौ यात्रु बोकेको एउटा मिनिबसमा तीन वटा शव फेला परेको छ । अन्य छ जना अहिले पनि बेपत्ता छन् । एउटा शव सम्पूर्णरूपमा क्षति भएको घरमा फेला परेको थियो भने घरभित्र रहेका अन्य दुई अझै बेपत्ता छन् ।

बेलस्प्रुट नदीमा आएको बाढीका कारण कारमा फसेका कम्तीमा दुईको ज्यान गएको छ ।  

क्वाजुलु नटाल वैश्विक तापक्रममा भएको वृद्धिका कारण बाढी र मौसमी प्रकोपको चपेटामा परेको छ । सन् २०२२ अप्रिलमा प्रान्तको मुख्य सहर डर्बनमा आएको ठूलो आँधीपछिको बाढी र पहिरोमा परी चार सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.