राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा २ सिट, कांग्रेसका मात्रै १२३ आकांक्षी

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा २ सिट, कांग्रेसका मात्रै १२३ आकांक्षी
सुन्नुहोस्

लुम्बिनी : राष्ट्रियसभाको निर्वाचनमा लुम्बिनी प्रदेशबाट एक महिला र एक पुरुष गरी २ सिट छन् ।  कांग्रेसका तर्फबाट मात्र  १२३ जना  आकांक्षी देखिएका नेपाली कांग्रेस लुम्बिनीका प्रवक्ता प्रचण्ड विक्रम न्यौपानेले बताए।

उम्मेदवारको आकांक्षीमा  पूर्वमन्त्रीदेखि प्रतिनिधिसभा र प्रदेश सभामा पराजित, पटक-पटक अवसर पाएका समेत रहेका कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेलले बताए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको बैठकले  राष्ट्रियसभाका लागि जिल्लाबाट आएका उम्मेदवारको नाममा कैफियत खुलाएर सबै नाम  सिफारिस गर्ने निर्णय गरेको कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले बताए।

पुर्वी रुकुमबाहेक प्रदेशका ११ वटै जिल्लाबाट सिफारिस भएर आएका १२३ जना उम्मेद्वारको नाम सबै केन्द्रमा सिफारिस गर्ने तर यसरी सिफारिस गर्दा कांग्रेसमा विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका, भूगोल, अवसर प्राप्त गरे नगरेको लगायतका कुराहरूको विस्तृत जानकारी कैफियतमा खुलाएर सिफारिस गर्ने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोख्रेलको भनाइ छ।

आउँदो  माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। राजनीतिक दलहरू निर्वाचनको लागि उम्मेद्वारको सिफारिसमा जुटेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.