राष्ट्रपति पौडलले गरे बागलुङ कालिकामा पूजाआराधना
ढोरपाटन (बागलुङ) : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन्।
मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका हुन्।
राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार आइपुगेका थिए। राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालललगायतको टोलीले स्वागत गरेको थियो।