इजरायली हमलामा २४ घण्टाभित्र गाजामा २४१ जनाको मृत्यु

इजरायली हमलामा २४ घण्टाभित्र गाजामा २४१ जनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यु भएको जनाएको छ । गाजामा इजरायलको सैन्य कारबाही जारी छ ।

प्यालेस्टाइनी अथोरिटीका अध्यक्ष महमूद अब्बासले युद्धलाई आफ्ना जनताविरुद्धको ‘जघन्य अपराध’ भनेका छन्। इजरायलका सेना प्रमुख हर्जी हेलेवीले हमाससँगको द्वन्द्व 'अब केही महिनासम्म जारी रहने' बताएका छन्। 

गाजाको इजरायलसँग जोडिएको क्षेत्रमा बुधबार बिहान पनि ठूलो विस्फोटको आवाज सुनिएको थियो । प्यालेस्टिनी स्रोतहरू इजरायलले वेस्ट बैंकको नूर शाम्स शरणार्थी शिविरमा रातभर ड्रोन आक्रमण गरेको , जसमा कम्तिमा छ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ।

गाजाको स्वास्थ्य मन्त्रालयले यो २४ घण्टामा ३८२ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार विगत ११ हप्तादेखि जारी यो युद्धमा २० हजार ९१५ प्यालेस्टिनीले ज्यान गुमाएका छन् । जसमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.